मान्छेको जिन्दगीमा अनेक–अनेक हुन्छ भनेको साँच्चै रहेछ । सोचेजस्तो नहुने, नसोचेकोचाहिँ देख्नुपर्ने, सुन्नुपर्ने र भोग्नुपर्ने । हुन्छ भन्ने सोच्यो, हुँदैन । हुँदैन होला भनेर कल्पना ग¥यो त्यही हुने । असल मान्छे सोचेर विश्वास ग¥यो, विश्वासघात गरेर ढाडै भाँचिदिन्छ । बेइमान...